धरानको मुख्य चौक भानुचौकमा अवस्थित घण्टाघरमा तालावन्दी गरिएको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ) उमेर हदका कारण देखाउदै धरान – २ घण्टाघरका दुई ज्यालादारी श्रमिकहरुलाई कामबाट निकालेको भन्दै उनिहरुको पुर्नबहालीको माग गर्दै धरान घण्टाघर अगाडी धरानका मजदुर संगठनहरुले आन्दोलन स्वरुप घण्टाघरमा तालाबन्दी गरेका हुन । ज्यालादारी श्रमिकलाई पुर्नबहालीको माग गर्दै मेयर हर्कराज साम्पाङलाई दिएको सात दिने अल्टिमेटम पुरा भएपनि वेवास्ता गरेपछी भदौ ८ गतेबाट आन्दोलनको घोषणा गरेका मजदुर नेताहरुले आज घण्टा घरमा तालाबन्दी गरेका हुन । मजदुरहरु राज लिम्बू र प्रकाश राईसहितलाई धरान उपमहानगरपालिकाले कामबाट उमेर हद भन्दै निष्काशन गरेको थियो ।
मजदुरलाई अन्यायपूर्ण तरिकाले निकालिएको जनाउँदै न्याय र मजदुर हितका लागि संयुक्त ट्रेड युनिय संघर्ष समितिले ८ गतेबाट आन्दोलन सुरु गरेको थियो । ताला लगाउन जाने मजदुर नेताहरुलाई नगर प्रहरी परिचालन गरेर धरपकड गरेका छन् । भानुचौक स्थित घण्टाघर काम गर्ने दुई जना ज्यालादारी मजदुरलाई मेयर साम्पाङले कामबाट निकालेको भनेर आन्दोलनमा रहेका मजदुर संगठनका नेताहरुले घण्टाघरमा तालावन्दी गर्ने क्रममा नगर प्रहरी परिचालित गरेर आन्दोलित मजदुरमाथि धरपकड गरेका हुन् । एकहप्ता अगाडि नगर प्रमुख साम्पाङलाई निर्णय सच्याउन ज्ञापनपत्र बुझाएको थियो । प्रमुखले चासो नदिएपछि आजदेखि घन्टाघर परिसरमा १ घन्टा धर्ना दिँदै आन्दोलन सुरु गरिएको छ । आन्दोलनको बेवास्ता गरे ९ गते घन्टाघरमा तालाबन्दी गर्ने, १० गते १ घन्टा यातायात सवारी साधन बन्द गर्ने र थप आन्दोलनको घोषणा गर्दै जाने समितिका संयोजक समशेर बर्देवाले बताए ।