सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएप मा जम जम एलेक्ट्रोनिक्स मार्फत “तपाई लक्कि हुनुभएको छ, तपाइले Lucky draw मा iPhone जित्नु भएको छ, हामी आइफोन सेन्ड गर्छौ कस्टम क्लिअरेन्सको लागि पैसा पठाउनु पर्छ” भनि विभिन्न बैक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने निम्न प्रतिवादीहरूलाई नेपाल प्रहरी साइबर व्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा बहुदामाई नगरपालिका वडा नं. ८ का राज कुमार पण्डीत, रौतहट कटहरीया नगरपालिका वडा नं. १ का उमेश कुमार यादव रहेका छन । प्रहरीले उनिउनीहरुकोहरुको साथबाट नगद: रु ४९,९५,०००।– (उन्पचास लाख पन्चानव्वे हजार) ७ थान मोबाइल, १८३ (एक सय त्रीयासी) वटा सिमकार्ड, थान १२ (बाह्र) एटिम कार्ड र वाइफाइ राउटर थन १ (एक) बरामद गरेको छ ।
प्राप्त निवेदनहरू माथीको प्राविधिक अनुसन्धान र विश्लेषणबाट खुल्न आएका उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई मिति २०८०।०५।०४ गते ब्यूरोबाट खटिई गएको टोलीले ललितपुर, कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरी उनीहरुसँग भएको नगद तथा सञ्चार उपकरणहरू समेत बरामद गरी विधुत्तीय माध्यम सम्बद्ध ठगी कसुरमा काठमाडौं जिल्ला अदालतको मिति २०८०-०५-०५ गतेको आदेशले दिन सात (७) म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।