धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ) उमेर हदका कारण देखाउदै धरान – २ घण्टाघरका दुई ज्यालादारी श्रमिकहरुलाई कामबाट निकालेको भन्दै उनिहरुको पुर्नबहालीको माग गर्दै धरान घण्टाघर अगाडी धरानका मजदुर संगठनहरुले आन्दोलन स्वरुप धर्ना दिएका छन । ज्यालादारी श्रमिकलाई पुर्नबहालीको माग गर्दै मेयर हर्कराज साम्पाङलाई दिएको सात दिने अल्टिमेटम पुरा भएपनि वेवास्ता गरेपछी आजबाट आन्दोलनको घोषणा गरिएको हो । मजदुरहरु राज लिम्बू र प्रकाश राईसहितलाई धरान उपमहानगरपालिकाले कामबाट उमेर हद भन्दै निष्काशन गरेको थियो ।
मजदुरलाई अन्यायपूर्ण तरिकाले निकालिएको जनाउँदै न्याय र मजदुर हितका लागि संयुक्त ट्रेड युनिय संघर्ष समितिले आजदेखि आन्दोलन सुरु गरेको हो ।समितिले एकहप्ता अगाडि नगर प्रमुख साम्पाङलाई निर्णय सच्याउन ज्ञापनपत्र बुझाएको थियो । प्रमुखले चासो नदिएपछि आजदेखि घन्टाघर परिसरमा १ घन्टा धर्ना दिँदै आन्दोलन सुरु गरिएको छ । आन्दोलनको बेवास्ता गरे ९ गते घन्टाघरमा तालाबन्दी गर्ने, १० गते १ घन्टा यातायात सवारी साधन बन्द गर्ने र थप आन्दोलनको घोषणा गर्दै जाने समितिका संयोजक समशेर बर्देवाले बताए ।