धरान ५ स्थित माथिलो देउरालीमा ३ करोडको लगानीमा धरानकै सुबिधासम्पन्न फिटनेस खुलेको छ । धरान – ५ का पुर्व वडाध्यक्ष तथा नेपाली काँग्रेस धरान उपमहानगर समिती उप सभापति सन्तोष लिम्बुको एकल लगानीमा निर्माण भएको ‘लाइफ टाइम फिटनेस’ को आज औपचारिक रुपमा उदघाटन भएको छ । फिटनेश सेन्टरको उदघाटन नेपाली काँग्रेस महासमिति सदस्य पर्वत राईले गरेका हुन । व्यायामशालामा जिमको अत्याधुनिक सामाग्री,जुम्वा सहित विभिन्न आवस्यक पर्ने चेन्जिङ रुप लक्कर सहितको व्यवस्था गरिएको सञ्चालक सन्तोष लिम्वुले जानकारी दिए ।
लिम्बुका अनुसार व्यायामशाला धरानकै सुविधा सम्पन्न रहेको दावी गरिएको छ । व्यामशाला संगै अव निकट भविष्यमा नै स्वीमिङ पुलको पनि व्यवस्था गरिने पनि लिम्बुले बताए । १ कठ्ठा सातधुर जग्गामा २ तले भवनमा सन्चालनमा रहेको उक्त व्यायामशालामा धरानका अन्य स्थानहरुमा सन्चालनमा आएका भन्दा धेरै सस्तो र न्युनतम रेटमा सुविधा प्रदान गरिने लिम्बुको भनाइ छ । व्यामशाला विहान ४ वजेदेखि साँझ सम्म उक्त व्यायाम शाला खुल्ला हुने छ ।
उदघाटन कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका महासमिती सदस्य पर्वत राईले पछिल्लो समय व्यामशाला मानिसहरुको दैनिकी जस्तै भएको बताए । मानिसको जनजीवनमा स्वास्थ्य समस्याहरु दिनानुदिन वढ्दै गएकोले अव हरेकले स्वास्थ्य तन्दुरस्तको लागि सहज र सजिलो उपाय शारिरीक व्यायामशाला भएको बताए । यसैले पनि हरेक चोक टोलमा व्यामशाला आवस्यक रह्को बताए । शहरीया जीवन शैलीको कारण पनि मानवीय स्वास्थ्य दिनानु दिन कमजोर वन्दै गएको र सुगुुर प्रेसर जस्ता जटिल प्रकारका स्वास्थ्य समस्या वढ्दो देखिएकाले अव अत्यन्तै शारिरीक व्यायाम आवस्यक भएको उनको भनाइ थियो ।