नेपाली काङ्रग्रेस धरान उपमहानगर समितीदको पहलमा धरान उपमहानगरपालिकालाई डेङ्गुका बिरामीहरुको लागी करिव दुई लाख बराबरको औषधी र डेङ्गु चेक जाच गर्ने किट प्रदान गरिएको छ । सोमबार धरान उपमहानगरपालिकाको प्राङ्गणमा नगर समितीले प्रदान गरिएको हो । समितीले नेपाली काङग्रेसका नेताहरु प्रदेश महामन्त्री उमेश थापा,पुर्व नगर प्रमुख तिलक राई, महासमिती सदस्य सुवास राई, नेपाली काङग्रेस धरान नगर पुर्व अध्यक्ष किशोर राई लगायतको पहलमा औषधी र किटहरु प्रदान गरिएको नेपाली काङग्रेस धरान उपमहानगरसमिती सभापती श्याम पोखरेलले जानकारी दिए । आज सिटामोल २९५० पत्ता,जीवनजल १७०० प्याकेट, डेङगु टेस्ट गर्ने किट २०० पिस प्रदान गरिएको सभापती पोखरेलले जानकारी दिए ।
आज उपलब्ध स्वास्थ्य सामग्रीहरु केही दिन अघीनै काङग्रेस पार्टी कार्यलयमा उपलब्ध भैसके भएपनी एकद्वार प्रणालीद्वारा बितरण होस् भन्ने हेतुले नगरपालिकाको स्वास्थ्य महाशाखालाई प्रदान गरिएको पोखरेलको भनाइ थियो । पुर्व मेयर तिलक राईकै पाला देखी एकद्वारा प्रणाली सुरु भएकोले धरानका २० ओटै वडामा पुर्याउने हेतुले स्वास्थ्य महाशाखालाई बितरण गरिएको पोखरेलले थपे । उनका अनुसार अन्य सामग्रीहरु प्रदेश सरकार र संघीय सरकार मार्फत केही दिन भित्र उपलब्ध हुने बताए । उपलब्ध स्वास्थ्य सामग्रीहरु बुझ्दै स्वास्थ्य माहाशाखा प्रमुख उमेश मेहताले सामग्रीहरु प्रदान गर्ने नेपाली काङग्रेसलाई धन्यवाद दिए । बिगतका दिनहरुमा पनि नेपाली काङग्रेसले आपत बिपतमा सहयोग गर्दै आएको सम्झ्दै अगामी दिनहरुमा अझै सहकार्य गरेर अगाडी बढ्ने बताए । धरानमा रहेका धेरै राजनीतिक दलगरु अब सर्च एण्ड डिस्ट्रोय अभियानमा जोडीएर लाम्खुट्टेको लार्भा खोजाइ र नस्ट गराइमा जुटनु पर्ने मेहताको भनाइ छ। स्वास्थ्य सामग्री हरु ग्रहण गरेपस्चात स्वास्थ्य महाशाखाको तर्फबाट धन्यवादको पत्रपनी हताण्तरण गरिएको थियो ।