सुनसरीको रामधुनी नगरपालिका-१ स्थितबाट नक्कली नोट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो २ बजे स्थानिय बिक्रम चौधौरीले संचालन गरेको थारु कटेजमा रामधुनी-१ का ३७ बर्षिय रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको भन्ने जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीको टोलीले उनलाई ५०० दरका ३५ वटा नेपाली नोट सहित नियन्त्रणमा लिएको हो । नक्कली नोट सहित पक्राउ परेका चौधरीको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।