धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) को धरान बिकास गर्ने अभियानलाई निरन्तर रुपमा सहयोग जुटिरहेको छ । खानेपानी अभियानलाई निरन्तरता दिनेगरी केही समयलाई स्थगित गरेका साम्पाङ यतिबेला धरानका बिभिन्न पाखा पखेरामा बिरुवा रोप्ने अभियानमा छन । साम्पाङले अहिले सम्म लाखौं बिरुवा रोपेका छन । उनको अभियान निरन्तर अघी बढेसंगै देश बिदेशबाट उनको अभियानलाई सघाउने कार्यपनी निरन्तर रहेको छ । यसैक्रममा साम्पाङको अभियानलाई हङकङका तीनवटा संस्थाहरु बाट एकमुस्ट ९,३२७९३ नगद सहयोग भएको छ । सँधै श्रममा विश्वास राख्ने र श्रमदानकै माध्यम बाट धरानलाई हरेक प्रकारका विकास संग जोडीरहनु दिलोज्यानले लागी परेका मेयर हर्क साम्पाङको हरेक अभियानलाई मनैबाट सम्मान गर्दै अभियानलाई थप सहयोग पुगोस भनि हाल हङकङमा रहेका संघ संस्थाले निरन्तर सहयोग गरिरहेको समाज सेवी मिना सिङ्गकले जानकारी दिएकिछिन ।
हङकङमा सकृय रुपमा रहेका संघ संस्था समुहग्रुप भारतीय गोर्खा भुतपूर्व सैनिक संघ हङ्कङको तर्फबाट ७२८७९३ ( सात लाख अठाइस हजार सात सय त्रीयानब्बे ) ,यसैगरी धरान हङ्कङ मन्चका अध्यक्ष रुकमान लिम्बुको संयोजकत्वमा सम्पूर्ण धरान हङकङ मंचको तर्फबाट १०४००० (एक लाख चार हजार ) र पाथिभरा ग्रुप हङ्कङमा आबद्द जिवन गुरुङको टिमहरुको तर्फबाट नेपाली सिनेमा ” जारी ” को प्रदर्शन बाट आएको रकम मध्यको रुपैयाँ १०००००( एक लाख ) गरी जम्मा ९,३२७९३ ( नौ लाख बत्तिस हजार सात सय त्रीयानब्बे ) सहयोग रकम आज मेयर हर्क साम्पाङको अभियान टिमलाई हस्तान्तरण गरिएको सिङ्गकले बताउनु भयो । उक्त्त रकम शुक्रबार सिङ्गकले साम्पाङको उपस्थितीमा अभियान टिमलाई हस्तान्तरण गरेकी हुन । धरानको विकास र समृध्दि को लागि जोडिनु भएका हङकङमा रहेका आजका दाता तिन वटै संस्था प्रति हामी धरानवासी हार्दिक आभार प्रकट गर्दै अगामी दिनमापनी सहकार्य अपेक्षा रहेको सिङ्गकको भनाइ छ । यस अघी पनि साम्पाङको कोकाहा खानेपानी आयोजनाका लागी हङ्कङबाट ठुलो सहयोग जुटेकोथियो ।