पछील्लो समय टमाटारको मुल्य ह्वात्तै बढेको छ । केही महिना अघी प्रतीकेजी रुपैया ५ मा पनि बिक्री नभएको टमाटारको मुल्य अहिले दाङमा प्रतिकेजी दुइसय रुपैया पुगेकोछ । तुलसीपुर तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष माधवप्रसाद घिमिरेले भारतीय व्यापारी आएर टमाटर सोझै उतै लैजान थालेपछि दाङमा टमाटरको मूल्य बढेको बताए। उनका अनुसार तुलसीपुरमा दैनिक ३ सय क्यारेट टमाटर खपत हुने गरे पनि मूल्य बढेपछि उपभोक्ताले थोरै किन्न थालेका छन्। तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले दुई दिनअगाडि आफू भारतको नानपारा पुग्दा नेपालबाट टमाटर आएको भन्ने कुरा स्थानीय व्यापारीबाट सुनेको बताए। यसरी टमाटरको भाउ बढ्नुमा तराई क्षेत्रमा टमाटर नहुनु भएको तरकारी व्यापारीको भनाइ छ। अहिले तुलसीपुरमा सल्यान र रोल्पाबाट मात्र टमाटर आउने गरेको छ। त्यहाँको टमाटर भारत निर्यात हुँदा पनि टमाटरको भाउ अचाक्ली बढेको उनीहरू बताउँछन्।