पछील्लो समय नेपालमा कुखुराको मासुको भाउमा परिवर्तन भैरहदा कुखुराको अण्डाको भाउ भने यथावत रहदै आएको छ । नेपालमा मुख्यतया मासु विक्री गर्ने उद्देश्यले ब्रोइलर कुखुरा पालिन्छ भने अण्डा उत्पादनका लागि लेयर कुखुरा पाल्ने गरिन्छ। यसै वर्षको वैशाखमा प्रतिगोटा अण्डाको मूल्य १८ रुपैयाँ रहेकोमा अहिले साउनमा २० रुपैयाँ पुगेको छ। कुखुरापालक किसानहरूका अनुसार मासुको प्रयोजनका लागि ब्रोइलर कुखुरा ३७ दिनको भएपछि बेच्न सुरु गरेर ४५ दिनको हुञ्जेल बेचिसकिन्छ।
“त्यति दिनमा बेचिएन भने लागत बढ्नेदेखि मर्न थालेर किसानलाई घाटा हुने अवस्था सिर्जना हुन्छ,” नेपाल पोल्ट्री महासङ्घ कार्यसमिति सदस्य तेजनारायण पाण्डेले बताए । पछिल्ला महिनामा अत्यधिक गर्मीका कारण धेरै कुखुरा मरेका कारण पनि अहिले अण्डाको भाउ बढेको पाण्डे बताउछन । नेपालमा माग र आपूर्तिबीच सन्तुलन बिग्रिँदा पनि बेलाबखत कुखुराको मासुको भाउ निकै बढ्ने गरेको मासु विक्रेताहरू बताउँदै आएकाछन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।