बहुभाषिक र बहु साँस्कृतिक को शहर भनेर चिनिने धरानमा अब भने बहुभाषिक बिद्यालय निर्माण हुने भएको छ । २ करोड ६५ लाख ३५ हजार १ सय ८४ रुपैयाँ ४२ पैसाको लागतमा निर्माण हुने भवनको शिलान्यास भएको छ । भवन धरान – १६ स्थित नौलो बस्तिमा निर्माण हुनेछ । मंगलवार धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) ले भवनको शिलान्यास गरेका हुन । भवन नयाँ प्रकारको डिजाइनमा १२ मिटरको गोलाईभित्र दुईतले भवन बनाइने कुरा इन्जिनियर श्रेष्ठले बताए । दिपादिल कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको भवन २०८१ साउनसम्ममा निर्माण सम्पन्न गर्नु पर्ने सहमती भएको उपमहानगरका इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । भवन निर्माणको प्रस्ताव १३ औं नगरसभाले पारित गरेको हो । बहुभाषिक बहुजाति भएको धरानमा विभिन्न भाषा लिपिको संरक्षण बिकास गर्ने उद्देश्यले धरान १६ मा बहुभाषिक विद्यालय निर्माण तथा सञ्चालनको लागि स्वीकृत भएको हो ।