त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुनको यकिन परिणाम आउन एकसाता लाग्ने भएको छ । राजश्व अनुसन्धान विभागले समातेको अवैध सुन नेपाल राष्ट्र बैंक मातहतको टक्सार महाशाखा पुगेको छ । महाशाखाका निर्देशक थानेश्वर आचार्यले विभागबाट सुन आइपुगेको र थप अनुसन्धान अघि बढेको जानकारी दिए । प्याकेटसहित जोख्दा कूल १५४ किलोग्राम भएको छ ।’ तर, यी प्याकेटमा कति परिणामको सुन छ भन्ने यकिन तथ्याङ्क आउन भने एक हप्तासम्म लाग्न सक्ने आचार्यले बताए । यो प्रक्रिया एक हप्तासम्म चल्न सक्ने आचार्यको भनाई छ । र, आजै सुनमाथि थप अनुसन्धान गर्न अनुमति आएर प्रक्रिया थालेमा एकहप्ता लाग्न सक्ने उनको भनाई छ ।