पाँच विदेशीसहित ६ जना यात्रु बोकेको मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको छ । ९एनएमभी कल साइन भएको हेलिकोप्टर बिहान १०ः१५ बजे नियन्त्रण टावरसँग सम्पर्कविहीन भएको थियो ।‘हेलिकप्टर क्षतविक्षत भएको जानकारी आएको छ ।