कोशी प्रदेशले पाचौ मुख्यमन्त्री पाएकोछ । मुख्यमन्त्रीमा नेपाली काङग्रेसका संसदिय दलका नेता उद्दव थापा नियुक्त्त भएका छन । थापा झापा का हुन । यसअघी पनी चौथो मुख्यमन्त्रीको रुपमा झापाबाट नै नेकपा एमालेका हिक्मत कुमार कार्की थिए । थापाले मुख्यमन्त्रीका लागि आजै दाबी पेश गरेका थिए । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।