मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लिएर यती बेला उम्मेद्वारहरुको दौड धुप चलिरहेकोछ । उम्मेद्वारहरुले आफु निकट संघ संस्थाका प्रतिनिधिहरु संघ भेटघाट गर्ने कार्यक्रम तिव्र बनाउन थालेकाछन । सोमबार दर्नाल विश्वकर्मा सेवा समाज केन्द्रिय समितीले धरानमा एक कार्यक्रम आयोजना गरी विश्वकर्मा बंशबाट प्रतिनिधित्व गर्ने दुई उम्मेद्वार प्रदेश सभा समानुपातिक साझा उम्मेद्वार गोबिन्द बिश्वकर्मा (दर्नाल ) र प्रतिनिधि सभाकी समानुपातिक उम्मेद्वार कृष्ण कुमारी बिक (दर्नाल) लाई जिताउने अभियान सुरु गर्ने घोषणा गरेकाछन । दर्नाल विश्वकर्मा सेवा समाजका केन्द्रिय अध्यक्ष तथा उम्मेद्वार गोबिन्द विश्वकर्मा दर्नालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय उपाध्यक्ष जय लाल दर्नाल,केन्द्रिय उपाध्यक्ष शेर बा दर्नाल र गोबिन्द दर्नालले शुभकामना मन्तव्य राख्नु भएको थियो । आफ्नो बंशका दाजु भाईले यसरी टिकट पाउनुनै ठुलो उपलब्धी भएकोले उहाहरुलाई जिताउन तन मन धन लगायर लागि पर्ने बक्त्ताहरुले दावी गर्नु भयो । यती राम्रो मौका अवसरलाई खेर जान नदिन अब बंश मात्र एकजुट भएर नपुग्ने भन्दै सबै एक जुट भएर आ आफ्नो ठाउँ बाट लागिपर्न केन्द्रिय उपाध्यक्ष जय लाल दर्नालले निर्देशन दिनुभयो ।
कार्यक्रमकी अतिथी तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेद्वार कृष्ण कुमारी बिकले सबैको साथ सहयोग भए आफ्नो जित सुनिचित रहेको दावी गर्नु भयो । आफु बिधार्थीकाल देखी नै राजनीतिमा कहिले पनि असफल नभएको दावी गर्दै समानुपातिक सुचिमा आफ्नो नाम पहिलो नम्बरमा भएकोले पुर्व मेची देखी पश्चिम महाकाली सम्मका सबैले भोट् दिएर जिताउन आग्रह गर्नुभयो । उहाले आफुलाई किन भोट् दिने भन्ने बारेमा आफ्ना योजना तथा बिगतमा आफ्नो क्षेत्रमा गरेको कामको बारेमा जानकारी दिनुभयो । कृष्ण कुमारी सत्तारुढ गठबन्धमा रहेको नेकपा एस बाट प्रतिनिधित्व गर्नुभएकोछ । अर्का उम्मेद्वार गोविन्द बिश्वकर्मा ले पनि आफुले टिकट पाउनुमा पार्टी र जनतामा आफुले गरेको योगदाननै रहेको जिकिर गर्नुभयो । उहाले आफुले धरानको शिक्षा क्षेत्रमा निकै ठुलो योगदानगरेको दावी गर्नु भयो । उहाले दलित अधिकारको लागी आफु आज सम्म लडिरहेको र अगामी दिनमा झनै लडिरहने प्रतिबद्दत्ता व्यक्त गर्नुभयो । सुनसरी क्षेत्र नम्बर १ (क) बाट लोकतान्त्रिक बाम गठबन्धको तर्फबाट उम्मेद्वार बन्नु भएका बिश्वकर्मा नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्नु हुन्छ ।
बिशेषगरी दुई उम्मेद्वार गोबिन्द बिश्वकर्मा र कृष्ण कुमारी विश्वकर्मालाई जिताउन आफ्नो बंश सहित दलित र अन्य समुदायमा जानको लागी एक अभियान नै चलायर अगाडी बढ्ने समाजका केन्द्रिय महासचिव भबिन्द्र दर्नालले जानकारी दिनुभयो । यस सेवा समाजको उद्देश्य सम्पूर्ण विश्वकर्मा दर्नाल हरु एक अर्कामा चिन्जान र समन्वय गरेर अगाडी बढ्ने भएकोले अगामी दिनमा समाजलाई गती दिनको लागी बिभिन्न कार्यक्रम गर्ने पनि दर्नालले बताउनु भयो । दर्नाल का अनुसार यो समाजले अब यस बर्षको तिहारको अवसरमा देउसी कार्यक्रम गरेर चुनावी अभियानलाई पनि तिव्र रुपमा अगाडी बढाउने छ ।