नेकपा एमालेका हिक्मत कुमार कार्की नेतृत्वको सरकारले विश्वाशको मत पाउन नसक्दा अल्पमतमा परेसङै नयाँ नयाँ सरकार बनाउनको लागी प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरुलाई दिएको समय सीमा आज सकिँदै छ । खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् ।उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन् । केन्द्रीय गठबन्धनमा रहेका दलहरूले एमालेको साथमा रहेको राप्रपालाई पनि सहभागी गराउने अन्तिम कसरत गरिरहेका छन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।