कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सभामा विश्वाशको मत लिने भएका छन । नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री कार्कीले सहज रुपमा विश्वासको मत पाउने अवस्था देखिँदैन। मुख्यमन्त्रीले विश्वासको मत नपाए अर्को दललाई बहुमत जुटाएर सरकार गठन गर्न पनि अप्ठ्यारो छ।९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना प्रदेशसभा सदस्यको समर्थन छ। तर सरकार टिकाइराख्न ४७ सदस्यको समर्थन चाहिन्छ।विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना गरी ४७ सदस्य छन्। तर सभामुख माओवादी केन्द्रका बाबुराम गौतम छन्। सभामुख गौतमले मतदान गर्न नमिल्दा नयाँ बन्ने सरकारले पनि विश्वासको मत पाउने नसकेन अवस्था प्रस्ट छ ।