कोशी प्रदेशमा नयाँ सरकार गठनको कसरत सुरु भएको छ ।कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएलगत्तै विश्वासको मत फेल गराउने र आफूहरुको नेतृत्वमा सरकार बनाउने निर्णय भएको कांग्रेस नेता केदार कार्कीले जानकारी दिए ।बैठकले चार दलीय गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय पनि गरेको छ । बैठकमा कांग्रेसका तर्फबाट संसदीय दलका नेता उद्दव थापा, प्रमुख सचेतक भुपेन्द्र राई, सांसद प्रदिपकुमार सुनुवार र कार्की, नेकपा (माओवादी केन्द्र)को तर्फबाट दलका नेता इन्द्रबहादुर आङ्बो, नेताहरु दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र राजेन्द्र कार्की सहभागी थिए । सरकारको सिफारिसमा असार १४ गतेका अर्को अधिवेशन आह्वान गरिएको छ । सोही अधिवेशनमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मत कुमार कार्कीको तयारी रहेकोछ ।