खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा स्थितमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा मृतकका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा घर भई हाल मझुवागढी- ७ बस्दै आएका ३२ बर्षीय बालजीत राईले मंगलवार साँझ ७ बजे सामान्य बादबिवादका कारण आफ्नै श्रीमती २८ बर्षीय सरीता तामाङलाई कुटपिट पश्चात खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचना पाए संगै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले श्रीमानलाई खोजतसाल गर्ने क्रममा घर नजिकै रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । हत्या गरेको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।