धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवास क्षेत्र, कार्यालयमा उपचार सेवामा पनि असर पर्ने गरी पानीको अभाव भएकोछ । पानीका अभाव भएपछी शुक्रबार प्रतिष्ठानका विद्यार्थीहरुले प्रर्दशन समेत गरेका छन । करिब दुई सातादेखि पानीको समस्या भइरहेकोले समस्या समाधान गर्न दबाब स्वरुप प्रर्दशन गरिएको विद्यार्थीहरुको भनाई छ । चरम पानी अभाव भएपछि बिहिबार धरानको कार्यपालिका बैठकअघि पनि विद्यार्थीहरुले वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)लाई ध्यानाकर्षण पत्र बुझाएका थिए भने वडाअध्यक्षमार्फत मेयर तथा खानेपानी बोर्डका अध्यक्ष हर्कराज राई (साम्पाङ)लाई पनि पत्र पठाएका थिए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।