धरान उपमहानगरपालिका र बाझगरा वन उपभोक्त्ता समुह विच जुहारी चलेकोछ । धरान उपमहानगरले बषौंदेखि ल्याण्डफिल साइटकोरुपमा प्रयोग गर्दै आएको बाझगरा उपभोक्त्ता समुहको जङ्गल क्षेत्रमा वन सङ्ग सहमती नगरी उपमहानगरपालिकाले अनाधीकृत रुपमा गेट बनाएको भन्दै डोजर चलाएको छ । वन भित्रको ल्याण्डफिल्ड साइड जाने बाटो खुला भएकोले व्यवस्थित गर्न र व्यक्तिहरुले फोहोर ल्याएर जथाभावी फाल्न नपाओस् भन्ने उद्देश्यले उपमहानगरले गेट र सेन्ट्री पोष्ट बनाउदै गरेको थियो । वन कार्यालयले विना कुनै सुचना एक्कासी जेसिबि लगाएर भत्काइदिएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।
वन कार्यालयले ल्याण्डफिल साइट छिर्ने गेट र हेरालु बस्ने पोष्ट भत्काइदिएपछि उपमहानगरपालिकाले तीनकुनेस्थित वन कार्यालय परिसरमा लगेर फोहोर फालेको छ । उपमहानगरपालिकालाई कुनै जानकारी वा सुचनासमेत नदिई डोजर हालेर उक्त संरचना भत्काएपछि आज (आइतबार) दिउँसो पाँचकन्या सब डिभिजन वन कार्यालय परिसरमा फोहोर फालेको हो ।