धराने जनताको लागी खानेपानी आयोजना अन्तर्गत कोकाह खानेपानी श्रम अभियानमा ४ करोड २० लाख सहयोग प्राप्त भएकोछ । गत फागुन २२ गतेदेखी सुरुभएको खानेपानी श्रमदान अभियानमा देश बिदेश , बिभिन्न संघ संस्था , व्यक्तीगत गरी ३ करोड ५० लाख बढी नगद सहयोग र १ करोड २० लाख बढीको पाइप सहयोग भएको अभियान टिमका समिर तामाङले जानकारी दिए । रमअभियानको आयव्यय शुक्रबार सार्वजनिक गर्दै अभियानका नेतृत्वकर्ताहरुले कोकाहा खानेपानी अभियान शुरु गर्नुअघिको मौज्जात रकम २७ लाख ८ हजार ३२४ रुपैया रहेको जानकारी दिएको छ । त्यसबाहेक कोकाहा श्रमअभियान शुरु भएपछि फागुन २२ देखि चैत १८ गतेसम्म १ करोड २८ लाख ५९ हजार १३२ रुपैया दाताहरुबाट सहयोग प्राप्त भएको थियो भने चैत १९ देखि बैशाख २३ गतेसम्म १ करोड ८७ लाख ६० हजार ३३७, बैशाख २४ गतेदेखि जेठ ४ गतेसम्म ३३ लाख ८० हजार ७९९ रुपैया सहयोग प्राप्त भएको बताए ।
खाजामा कुल २८ लाख ४ हजार ५५३ रुपैया खर्च भएको छ । यस्तै, टोटन तार तथा भल्व खरिदमा २० लाख ८१ हजार ६७४ रुपैया, भाडा तथा ढुवानीमा १८ लाख ७३ हजार २६८ रुपैया, इन्धन खर्चमा ४ लाख ६२ हजार ८१३, कर्मचारी ज्यालामा ११ लाख ७१ हजार ५७३, ४ वटा जेनेरेटर खरिदमा २ लाख ३० हजार खर्च भएको पनि जानकारी दिइएको छ । कुल आम्दानीमध्ये विभिन्न शिर्षकमा ३ करोड ४६ लाख ३२ हजार ५४१ रुपैया खर्च भएको र अहिले ३० लाख ७६ हजार ५० रुपैया नगद मौज्जाद रहेको पनि उनले बताए ।