किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीद्वारा १५ दिने कार्यक्रम घोषणा गरिएको छ । किरात राई जातिको साकेला उभौली २०८० (५०८३)को अवसरमा समितीले बैशाख २२ गतेदेखी जेठ ६ गतेसम्म जिल्लाभर विभिन्न स्थानमा साकेला सिली प्रर्दशनीको कार्यक्रम तय गरेकोछ । किरात राईहरुले बर्षको २ पटक साकेला उभौली र उद्यौली चाडलाई धुमधामले मनाउछन् । उभौली बैशाखे पुर्णिमादेखि विधिवत ढोल झ्याम्टा फुकाएर करिब १५ दिनसम्म आगनमा स्याउली गाडेर धुमधामसँग साकेला सिली नाचेर मनाउने गरिन्छ । अन्नबाली लगाउने बेला समय साल राम्रो होस, अन्नवाली सप्रियोस, सह बसोस्, अनिकाल नलागोस्, सबै जीव प्राणीहरुमा सुख, शान्ति होस् भन्ने कामना गर्दै सिमेभुमे पुजा गरी साकेला नाचिन्छ, यसैलाई नै साकेला उभौली भनिन्छ ।
यस्तै, अन्नबाली पाकेर घरभित्र्याए पछि घरभित्र गाडिएको पवित्र चुलालाई चढाई आफ्ना पितृहरुलाई पुजा गरि आर्शिवाद मागेर नयाँ अन्नबाली खाने, आफन्तहरु भेला भएर खुशीयाली मनाउने चाडलाई साकेला उद्यौली भन्ने गरिएकोछ ।समितीले बिहीवार यायोक्खा भवनमा पत्रकार सम्मेलन गरी १५ दिने कार्यक्रमको सुचना समेत सार्वजनिक गरेकोछ । सम्मेलनमा अध्यक्ष राजेन्द्र राइ ले यसपटक उभौली पर्व फरक तरिकाले मनाइने बताए । उनका अनुसार यस बर्षको साकेला उभौली ५०८३ लाई यसपाली कोशी प्रदेश नामङ्कन खारेजीको माग गर्दै मनाइने भएको छ ।