सुनसरीको रामधुनी नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषधी साहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो साढे ३ बजे डेरामा बस्दै आएका २४ बर्षीय उर्मीला चौधरी र निजको श्रीमान सुदेश राईले औषधी बिक्री बितरण गरीरहेको छ भन्ने बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले निजहरुको डेराबाट चौधरीलाई Tramadol Hydrochloride Capsules I.P.Teercare-50 लेखिएको प्रतिबन्धित औषधी ४ हजार ४ सय २० गोटी र नगद २६ हजार रुपैया सहित नियन्त्रणमा लिन सफल भएको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेकी चौधरी उपर थप अनुसन्धान भईरहेको छ भने राईको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।