नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीका बुवा छोरालाई पक्राउ पुर्जी जारी भएको छ । रायमाझी सङ्गै उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका बाबुछोरालाई पक्राउ पुर्जी जारी गरेको हो । यस्तै एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।