पछील्लो समय बिबादित बन्दै गएको कोकाहा खानेपानी आयोजना अन्तर्गत धरान ल्याउने बिषयमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच सहमति भएको छ । धरानका मेयर हर्क साम्पाङले बराह क्षेत्र नगरपालिका सँग समानवय नगरी आफुखुसी खानेपानी अभियान भन्दै कोकाह खोलाको पानी धरान ल्याउने अभियान अनतर्गत पाइप बिछ्याउदैछन । पाइप बिछ्याउने क्रममा बराह क्षेत्र नगरपालिका वडा नम्बर १ चावचाका बासिन्दाले अबरोध गरेपछी बराह क्षेत्र नगरपालिकाले चासो व्यक्त्त गर्दै समन्वय गर्न आग्रह गरेको थियो । सोही अनुसार जिल्ला समन्वय समिति सुनसरी सभापति राजन मेहताको रोहबरमा बराहक्षेत्र नगरपालिकामा शनिबार भएको वार्तामा सहमति जुटेको हो ।
दुवै पालिकाबाट २÷२ जनाको कार्यदल बनेर सहमतिलाई अन्तिम रुप दिएर सम्झौता गर्ने सहमति भएको वार्ता पश्चात आयोजित पत्रकार सम्मेलनमा बराहक्षेत्रका मेयर रमेश कार्कीले जानकारी दिए । सहमती पछी दुबै पक्षको तर्फबाट पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा भने धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ भने बोलेनन । वार्ताको क्रममा नै धरानका मेयर साम्पाङले नबोल्ने समझदारी भएको कारण उहा बोल्नु भएन उपमेयर अइन्द्रबिक्रम बेघाले जानकारी दिए ।