कोशी प्रदेश नामको बिरोधमा आन्दोलनको क्रममा घाइते भएर उपचारको क्रममा ज्यान गुमाएका शहीद पदमबहादुर लिम्बू लाजेहाङको आज अन्त्येस्टी गरिएकोछ । चैत ५ गते विराटनगरको रोडशेष चोकमा निषेधाज्ञा उल्लङ्घन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ भीड बढ्ने क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । त्यस क्रममा प्रहरीले लाठी चार्ज नगरे पनि अश्रुग्याँस र हवाइफायर गरेर भीडलाई तितरबितर बनाएको थियो । हाल लाजेहाङको शब धरानमै रहेकोछ । लाजेहाङको मृत्यु पछी पहिचानवादीहरुले उनलाई शाहीद घोषणा माग गर्दै आन्दोलन चर्काएपछी सरकारले लाजेहाङलाई शाहीद घोषणा गरेको थियो । आफ्नो माग पुरा नभएसम्म अन्त्येस्टी नगर्ने अडान लिएका पहिचानबादी अनोदलनकर्ता हरुले आज भने लिम्बु मुन्धुम संस्कारबाट आज अन्त्येस्टी गरेका हुन । लिम्बुको अन्त्येस्टी गर्नु अगाडी प्रदेशका मुख्य शहरहरुमा शब यात्रा गरिएको थियो । शब यात्राा आज बिहान १० बजे धरानबाट सुरु भएर इटहरी बिराटनगर हुँदै ४ बजे लाजेहाङको घर मोरङको बेलाबारी लगेर अन्त्येस्टी गरिएकोछ ।
पदम लिम्बूको शव प्रदर्शनका क्रममा झडप हुँदा विराटनगर तनावग्रस्त बन्यो । त्यस क्रममा प्रहरीले ८१ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा झडप भएको हो । झडप सुरु हुनुअगाडि आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गरेको उनले दाबी गरे । झडपमा परी तीन जना प्रहरी र ६ जना आन्दोलनकारी पनि घाइते भएको पोखरेलले जानकारी दिए । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको थियो ।