प्रदेश १ को नाम कोशी प्रदेश रहेपछी पहिचानवादीहरुले गरेको आन्दोलनमा घाइते भएका एक आन्दोलनकारीको मृत्यु भएको छ। मृत्यु हुनेमा लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर धरान १५ बस्ने पदम लिम्बू( लाजेहाङ ) रहेकाछन । गत चैत ५ गते विराटनगरमा कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी लिम्बु सशस्त्र प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको संघीय लिम्बुवान पार्टीका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए । प्रदेश १ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातिय सस्थाले विराटनगरमा आन्दोलन गर्दै आएका छन्।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।