कोशी प्रदेश प्रहरी कार्यालयको RIT समुहबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीको २०७७/१२/०९ गतेको फैसला आदेशले लागूऔषध मुद्धामा ५ बर्ष कैद सजाय फैसला भएता पनी हाल सम्म फरार रहँदै आएका ईटहरी-८ का ३४ बर्षीय रिकेश चौधरीलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको हो । उपस्थित गराईएका प्रतिवादी चौधरीलाई तोकिएको कैद भुक्तानको लागी आजै झुम्का कारागार पठाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।