प्रदेश १ को नाम कोशी प्रदेश नाम बिरुद्द आन्दोलनरत पक्षधरले नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्र आङ्बोलाई ज्यान मार्ने धम्की दिएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति ताप्लेजुङको बैठकलाई सम्बोधन गर्न ताप्लेजुङ पुगेका आङ्बोमाथि आक्रमणको प्रयास गर्दै आन्दोलनरत पक्षले ज्यान मार्ने धम्की दिएको भिडियो भेटिएको छ । पूर्वमन्त्री आङ्बाेकाे गाडी पछ्याउँदै मोटरसाइकलमा सवार आन्दोलनकारीहरूले ‘इन्द्र आङ्बोलाई बाटो बाटोमा छेकेर हत्या गर्ने योजना रहेको छ’ भनेको सुनिन्छ ।प्रहरीको स्कटिङमा रहेको आङ्बोको गाडीलाई मोटरसाइकलमा लखेटिरहेका आन्दोलनकारीले आङ्बोलाई अपशब्दसमेत प्रयोग गरेको सुनिन्छ ।