सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थितबाट प्रतिबन्धित लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-५ का भीम तामाङ र बेलका नगरपालिका-४ उदयपुरका सुमन नेपाली रहेका छन । बिहिवार राती इटहरी-४ स्थित सार्वजनिक बाटोमा गाँजा खरिद बिक्रि भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा संकास्पद अवस्थामा प्रदेश १-०२-०४७ प ११५४ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुले बोकेको झोला चेक जाँच गर्ने क्रममा ९ सय ३० ग्राम गाँजा बरामद गरेको हो ।लागू औषध गाँजा सहित पक्राउ परेका उनिहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएकोछ ।