प्रदेश १ को नाम कोशी प्रदेश राखे पछी कोशी प्रदेश नामको बिरोधमा गरिएको आमहडतालको असर धरानको भानुचोक एरियामा मात्र देखिएकोछ । बन्दकर्ताहरु बिहानै देखी धरानको मुख्य चौक भानुचोकमा भेला भएर भानुचोक प्रबेश गर्ने मुख्य मुख्यबाटोहरुमा बाटो बन्द गरी भानुचोक एरिया प्रवेश गर्न निषेध गरिरहेका छन । धरानको मुख्यचौक भानुचौकमा कुनैपनी सवारी साधनहरुको चाहलपहल छैन भने भानुचोक बाहेकका सडकहरुमा स्थानिय सवारी साधनहरु निर्वाधरुपमा चलिरहेकाछन । स्थानिय सवारीसाधनहरु चले पनि लामोदुरीका सवारी साधनहरु ठप्प हुँदा पोखरा काठमण्डौ लगायत ठाउहरुबाट नाइट बसमा आएका पहाडी जिल्लाहरु धनकुटा भोजपुर संखुवासभा , तेह्रथुम जाने यात्रुहरु भने भानुचौकमा अलपत्र परेकाछन ।
एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्रलेसमेत कोशी प्रदेशको पक्षमा मतदान गरेपछि दुईतिहाई बढी मतले पारीत कोशी प्रदेश नामको बिरोधमा पहिचान पक्षधर संघसंगठन, राजनीतिक दलहरुको आह्वानमा भएको बन्दले सार्वजनिक सवारीका साधनहरु शैक्षिक संघसंस्था, भानुचोक एरियाका बजार, पसलहरु पनि ठप्प छन । बन्दमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, जसपा, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतले ऐक्यवद्धता जनाउदै बन्द गर्न सडकमा उत्रिएकाछन ।