धरानमा जारी धरान एक्स्पो -२०७९ मा आज नेपालका चर्चित पप तथा पार्श्व गायक सुगम पोखरेलले धमका मच्चाउने भएका छन । पोखरेल धरान एक्स्पोको सातौं दिनका प्रमुख आकर्षणको रुपमा प्रस्तुत हुँदैछन । सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा धरान रङ्गशालामा फागुन ११ बाट जारी एक्सपोमा आज गायक पोखरेलले आफ्ना साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । गायक पोखरेलका ‘फेरी त्यो दिन’, ‘पाठशाला’, ‘जाँदै छु टाढा’, ‘सम्हालिन्छ कहिले मन’, ‘रहर छ सँगै’, ‘जिन्दगी नै भन्दिन’ लगायतका गीत चर्चित छन् ।बजारमा आठ वटा एल्बम ल्याइसकेका उनी गायक, सङ्गीतकार र रचनाकारका रुपमा नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर लागि परेका छन ।
साँझ ६ बजे देखि सुरु हुने साङ्गीतिक कार्यक्रममा गायक पोखरेलसँगै स्थानीय कलाकार र समूहको प्रस्तुति रहनेछ ।
नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका एक सय २३ स्टल अवलोकन गर्न सकिने एक्स्पोमा समिर श्रेष्ठ, छेवाङ लामा, राजेशपायल राई, आस्था राउत, दीपक लिम्बू र डिल्ली फोम्बोले आ–आफ्नो प्रस्तुति दिइसकेका छन् । सुनसरीको व्यवसायीक, व्यापारिक, औद्योगिक, कृषि र पर्यटन प्रवद्र्धनका लागि सञ्चालन भइरहेको एक्स्पो फागुन २० गतेसम्म आयोजना हुनेछ ।