युवा व्यवसायी प्रदीप गहतराजको नेतृत्वमा नेपाल सुनचाँदी कला व्यवसायी संघ सुनसरी शाखाको गठन भएको छ । सोमबार सुनसरी शाखाको आठौं साधारणसभा तथा तेस्रो अधिवेशनले गहतराजलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अघिवेशनले ११ सदस्यीय निर्वाचित नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिको अध्यक्षमा प्रदिप गहतराज, उपाध्यक्षमा राजनकुमार दर्नाल, सचिवमा रमेश कालिकोटे, सह–सचिवमा महेश विश्वकर्मा, र कोषाध्यक्षमा सुनिल सापकोटा निर्वाचित भएका छन् । धुलिखेल समाजको सभाहलमा सम्पन्न अधिवेशनले सदस्यहरुमा जयकिसन धतानी, विमल धमला, भिमबहादुर विश्वकर्मा, रविन विश्वकर्मा, रामचन्द्रशाह सुनार सन्तोष घिमिरे रहेका छन ।
सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष केशव सेन्च्युरी एक नम्बर प्रदेश सांसद याशोदा कायस्थ, पूर्व प्रदेश सांसद उमिता वराइली, संघका केन्द्रीय कार्यकारी निर्देशक हरि रसाइली, संघका केन्द्रीय सचिव प्रेमबहादुर विश्वकर्मा, सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष विजय श्रेष्ठ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका एक नम्वर प्रदेश समिति अध्यक्ष विसन शाक्य, नवरत्न व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष गणेश ढकाल, विश्वकर्मा युवा संघका अध्यक्ष युवाराज शंकर लगायतको उपस्थिति रहेको थियो । अघिवेशनले वरिष्ठ सल्लाहकारमा संघका केन्द्रीय सचिव प्रेमबहादुर विश्वकर्मा र सल्लाहकारमा निवर्तमान अध्यक्ष दुर्गाबहादुर विश्वकर्मा निर्वाचित भएका छन ।