धरान मदिरा व्यवसायी संघको ९ औ साधारण सभाबाट लील बहादुर माझी निर्वाचित भएकाछन । सोमबार धरान १६ स्थित गुरुङ बिबिक्युमा आयोजित ९ औ साधारण सभाबाट माझी अध्यक्षमा सर्वसम्मत छानिएका हुन । यसैगरी उपाध्यक्षमा प्रदिप कुमार श्रेष्ठ , सचिवमा जीवन शाही ,कोषाध्यक्षमा निमेश अग्रवाल ,सह सचिवमा गणेश पौडेल र सदस्यहरुमा हरिकृष्ण श्रेष्ठ ,लोक बहादुर श्रेष्ठ ,सन्तोष कार्की ,प्रबिण राई र लपुजन राई रहेका छन । निवर्तमान अध्यक्ष धन बहादुर तमाङको अध्यक्षता सम्पन्न साधारण सभाका प्रमुख अतिथी नेपाल मदिरा व्यबसायी संघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पा थिए । यसैगरी बिशेष अतिथी सुनसरी उधोग बाणिज्य संघका अध्यक्ष बिजय श्रेष्ठ , मदिरा व्यवसायी संघका प्रदेश १ अध्यक्ष सुरेशमा श्रेष्ठ , कम्पनी तथा डिलरका प्रमुखहरुको उपस्थित रहेको थियो ।
प्रमुख अतिथी शेर्पाको बाहुलीबाट पानसमा बत्ती बालेर उदघाटन भएको कार्यक्रममा पुराना कार्यसमितीका पदाधीकारीहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव प्रदिप कुमार श्रेष्ठले संघले गरेको कार्यहरुको प्रतिवेसन पेश गरे । सह कोषाध्यक्षमा निमेश अग्रवालले आफ्नो कार्यकालमा भएको आय व्याय प्रस्तुत गरे । उनले २०७८ सालदेखी अहिले सम्मको आय व्याय प्रस्तुत गरे । उनका अनुसार ५५ जना नयाँ सदस्य थपिएका थिए । जम्मा आमदानी ३ लाख ५५ हजार , खर्च कोष भने ४ लाख ११ हजार ४४० खर्च कोष रहेको अग्रवालले बताए ।
कार्यक्रममा धरान मदिरा व्यवसायी संघका सल्लाहकार मनोज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्यको क्रममा उनले मदिरा व्यवसायीहरुको समस्याको बारेमा पनि प्रकाश पारे । देशको राजस्व संकलन गर्ने एक मात्र व्यवसाय भनेकै मदिरा व्यवसाय संघहो, तर अझै पनि सहज तरिकाले कारोबार गर्न नपाएको उनको गुणासो थियो । श्रेष्ठका अनुसार बैंकहरुमा सहजको बाताबरण नबनेको कारण सहुलियत बैंक ब्याज्दर देखि लिएर चर्को व्याजदर झेल्नु परेको बताए । मदिरा व्यवसायीहरुले सानोतिनो कमिकम्जोरी गर्दा नि निकै समस्या भोग्नु परेको सुनाए । व्यवसायीहरु वीचमै अस्वास्थ्यप्रतिस्पर्धा भएको कारण पनि व्यवसायीहरुमा समस्या रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि सुनसरी उधोग वाणिज्य संघका अध्यक्ष ,विजय श्रेष्ठले नेपालमा उधोग व्यबसायीहरुलाइ हेर्ने तरिका फरक छ, सरकार व्यवसायीहरुबाट कसरी धेरै कर लिन सकिन्छ भन्ने तर्फमात्र लागेको आरोप लगाए ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल मदिरा व्यवसायी संघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाले पछील्लो समय स्थानिय जनप्रतिनिधी हरुले मदिरा व्यवसायीहरुलाई मदिरा बेच्न प्रतिबन्धित गर्दा साना व्यपारीहरु मारमा परेको बताए । सरकार पक्षबाट मारमा परेकै छौ बैंकको व्याजकै कारण निकै ठुलो समस्या भएको, व्यवसाय गर्ने अवस्था नभएरै व्यवसायीहरु आत्महत्या गर्न वाध्य हुँदै गएको बताए । हाम्रा कम्पनीको कारण पनि ब्यबसायी मारमा परेकाछौ, सोझा व्यापारीलाइ हेप्न गरेको उनको गुणासो छ । चाहे कम्पनी होस या डिलर कसैले पनि नहेप्न उनको आग्रह थियो । पछील्लो समय नकल्ली रक्सीको कारोबारको कारण मदिरा व्यवसायीहरु मारमा परेको ले नकल्ली मदिरा व्यवसायीहरुको चुनौती बनेको उनको दावी छ । एकजना ले गलत गर्छ सबैलाई गाह्रो भईरहेको अब यस्ता व्यवसायी हरुलाइ बहिष्कार गर्न तर्फ लाग्न सबै मदिरा व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा तीन जना फरक व्यक्तित्व सम्मनित भएका थिए , सम्मानित हुनेहरुमा अग्रज मदिरा व्यवसायी युगल कुमार श्रेष्ठ , पत्रकारका तर्फबाट हार्ट एफ एम र हङ्गामा खबरका बिनोद विश्वकर्मा र नेपाल डिस्ट्रिलरी प्रालीका कर्मचारी तुलसी अधिकारीलाई सम्मान गरिएको थियो । बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि पत्रकारलाई नगद १० हजार र सम्मान पत्रले सम्मन गरिएको थियो । यसै गरी संघलाई सहयोग गर्ने तीन कम्पनीलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो । जसमा गोरखा ब्रुअरी सर्वोत्कृष्ट र जावला खेल ग्रुप इन्डस्ट्रीजलाई उत्कृष्ट सहयोगीको रुपमा थिए ।