फागुन ११ गतेबाट सुरु भएको धरान एक्स्पो २०७९ जानलाई निशुल्क बसको व्यवस्था रहेको छ । एक्स्पो घुम्न तथा अवलोकन गर्न जान चाहनेहरुलाई धरानको बिभिन्न चौकबाट निशुल्क एक तर्फी बसको व्यवस्था भएको आयोजक सुनसरी उधोग बाणिज्य संघका अध्यक्ष बिजय श्रेष्ठले जानकारी दिए । जसका लागी धरानका विभिन्न पाँच स्थानबाट एक्स्पो स्थलसम्म बस सेवा उपलब्ध गराइएको एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार धरानको चतरा बस स्ट्यान्ट (दिउँसो २ः३० बजे), पानमारा स्कुल डाँडा (दिउँसो २ः३० बजे), बरगाछी रानी पेट्रोल पम्प (दिउँसो १ः३० बजे), बगरकोट पारी सेउती पुल (दिउँसो १ बजे) र मंगलबारे चोकबाट (दिउँसो २ः३० बजे) बस सेवा उपलब्ध रहेका छन् । अवलोकनकर्ताको फर्किने समय निश्चित नभएकाले बस सेवालाई एकतर्फिमात्र गरिएको छ ।’
मेलामा दैनिक ३० हजार मनिसले अवलोकन गरिने अपेक्षा गरिएको एक्स्पोमा १० करोड कारोबारको अपेक्षा लिएकोछ ।