प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हाम्रो निजी क्षेत्रलाई बलियो बनाएर हातमा हात काधमा काध थापेर संगै हिंड्नु पर्ने आवश्यकता औल्याउदै निजी क्षेत्र सँग संगै बढे मात्र देशको प्रगती र बिकास हुने बताएका छन । बिहीवार सुनसरी उधोग वाणिज्य संघ धरानले आयोजना गरेको १० दिने औधोगीक तथा व्यापार मेला धरान एक्स्पोको उदघाटन कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन । निजी क्षेत्रलाई सम्बोधन मात्र हैन सरकारले संगै लिएर हिडनु र गम्भीरताका साथ कार्यन्वयन गर्नु आजको पहिलो आवश्यकता रहेको कार्कीले बताए ।
कार्कीले निजी क्षेत्रका व्यवसायीलाई आयात घटाऊने हिसाबले आफ्नो उत्पादनमा ध्यान दिन आग्रह गर्दै आयात घटाऊने कुरामा प्रदेश सरकारले के कस्तो निती तय गर्नु पर्छ तपाईं व्यवसायीहरु सँग बसेर छलफल गर्ने प्रतिवद्दत्ता जनाए । धरानका मेयर हर्क साम्पाङले धराने जनताको पानीखाने चाहना पुरा गर्न निर्वाचन जितेकाले नि उहाले दिनरात मेहनत प्रयास गरिरहेको भन्दै प्रदेश सरकारले साथ दिने बचन् दिए । उनले ३० औ बर्षदेखी खानेपानी समस्या समाधान गर्न समय लाग्ने भएकाले आफुले संघीय सरकार सँग पहल गरिरहेको बताए ।
कार्यक्रमका बिशेष अतिथी तथा धरान उपमहानगरपालिका का मेयर हर्क साम्पाङले नगरको उधोग व्यवसाय र अर्थतन्त्र को अवधारणालाई साकार पार्न सफल बनाउन उधोग वाणिज्य संघले चालेको यो कदम र कदमले सहयोग पुग्ने बताउदै आयोजक संघलाई धन्यवाद दिए । धरानमा फरक किसिमको कार्यक्रम भएको एक्स्पोमा सर्वशुलव मुल्यमा समान खरिद बिक्री गर्न पाए स्थानिय जनतालाई फाइदा हुने उनले बताए । उद्घाटन समारोहलाई उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सांघाही, पूर्व अध्यक्ष चण्डी ढकाल लगायतले सम्बोधन गरेका थिए ।
उदघाटन समारोहमा प्रदेश सभा सांसद रमेश बस्नेत, विजय राई, यशोदा कायस्थ, सपना परियार, ममता योञ्जन, उपमेयर आइन्द्र विक्रम बेघा, इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायतको उपस्थिती रहेको थियो ।