२८औँ जनयुद्ध दिवसको अवसरमा फागुन १ गते धरानमा बिभिन्न कार्यक्रम आयोजना गरिने भएकोछ । हरेक बर्ष फागुन १ गतेको दिन मनाउदै आएको जनयुद्द दिवसको अवसरमा धरान स्थित लोकतान्त्रिक चौकमा बिहान ७ बजेबाट रक्तदान कार्यक्रम साथै शाहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धरान नगर कमिटि सचिवालय सदस्य सिपी बजगाईले बताए । विगत बर्षहरुमा पनि धरानमा जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ । जनयुद्ध प्रारम्भ भएको दिनलाई जनयुद्ध दिवसको रुपमा फागुन १ गते देशभर विभिन्न कार्यक्रम गर्दै मनाइदैछ । जनयुद्द दिवसकै अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएकोछ ।
भोली धरानमा हुने कार्यक्रममा प्रदेश १ का सडक पुर्वाधार तथा सहरी विकास मन्त्री दुर्गा प्रसाद चापागाई (सचिन) को प्रमुख आतिथ्यता रहने आयोजकले जनाएकोछ । कार्यक्रमा शहिदका परिवारहरुलाई सम्मान गरिने कार्यक्रम रहेको छ । यस वर्षदेखि सुरु गरिएको शहिद परिवारलाई सम्मान रक्तदान कार्यक्रम स्थल मै शहिद परिवारलाई सम्मान गरिने कार्यक्रम संयोजक सिपी बजगाईले बताए । जनयुद्धको दौरानमा शहादत प्राप्त सहिदहरुको परिवारलाई सम्मान गर्ने उपयुक्त अवसर जनयुद्ध दिवस भएकोले पनि रक्तदान संगै सम्मानको कार्यक्रम राखिएको बजगाइले बताए ।