रियलमी ‘मिष्टर नेपाल २०२४’को फाइनलमा धरानका आदेश प्रधानले एकसाथ दुईओटा टाइटल जितेकाछन । शनिबार काठमाण्डौ स्थित सोल्टी होटलमा सम्पन्न ग्राण्ड फिनालेमा आदेशले रियलमी ‘मिष्टर नेपाल २०२४’को फर्स्ट रनर अप र पब्लिक चोइज अवार्ड जितेका हुन । मिस्टर नेपाल -२०२४ को टाइटल, मिस्टर नेपाल वर्ल्ड भने झापाका सन्तोष लोक्षुम ले जितेका छन । यसैगरी मिस्टर ग्लोबल योगेश श्रेष्ठ (भक्तपुर), म्यान अफ द वर्ल्ड आयुश दुलाल काभ्रे , फर्स्ट रनर अप धरानका आदेश प्रधान , सेकेन्ड रनर अप आयुश बम्जम हेटौटा भएका छन । फाइनलमा ३८ प्रतियोगी भिडेका थिए । सबै प्रतियोगी स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षण सहित फाइनलमा उत्रेका थिए ।
प्रतियोगिताको टाइटल बिजेता विजेताले ‘मिस्टर वल्र्ड २०२४’ वा ‘मिष्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको ,नगद र पुरस्कारमा बिभिन्न गिफ्ट समेत जितेका थिए । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१देखि नियमित आयोजनाहुँदै आएको छ । फाइनलिष्ट प्रतियोगीतामा विशेष खड्गी, पियुष श्रेष्ठ नवराज प्रसाई, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम पाठक, सक्कर बजीमय (काठमाडौं), अग्रज श्रेष्ठ (सुनसरी), सत्यनारायण चौधरी ( नेपालगञ्ज), राहुल रावल (कैलाली), मणि निरौला (झापा), आयुष बमजोम, उमंग आचार्य ( हेटौंडा), योगेश श्रेष्ठ (भक्तपुर), एमडी. अदनान हलवाई, विश्व बराइली (नेपालगञ्ज), दिपेश चौधरी (धनगढी) रहेका थिए ।
पिन्टु सान्याल ( विराटनगर), अशोक बिक (पोखरा), मनोज गुरुङ (लमजुङ), संयन्तराज घिमिरे (ललितपुर), सागर घिमिरे ( विराटनगर), सञ्जय मण्डल (जनकपुर), सरोज तामाङ मोक्तान (रसुवा), सुशान्त कुमार दास (राजविराज सप्तरी), प्रकाश चौहान (पथरी मोरङ) सिजल कपाली (ललितपुर), सन्तोष लोकसुम (झापा), आदेश प्रधान (धरान), सोहज खान ( विराटनगर), सुशान्त पौडेल (पोखरा), राजेश झा (जनकपुर), विपन श्रेष्ठ (चितवन), स्वस्तिक देवकोटा (दाङ), समीर तिमिल्सिना (पोखरा), आबिस्कर खड्का ( बुटवल) सुभम बर्नवाल, अनिकेत प्रजापति (नेपालगञ्ज) रहेका थिए ।