Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

आदेशलाई ‘मिस्टर नेपाल – २०२४’ मा उपाधी जिताउन चलचित्रकर्मीहरुद्वारा भोटको अपिल

रियलमी ‘मिष्टर नेपाल २०२४’को फाइनलमा कोशी प्रदेशको धरानबाट एक मात्र प्रतिस्पर्धी आदेश प्रधान लाई उपाधी जिताउन चलचित्रकर्मीहरुले भोटको अपिल गरेका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ भदौ १ गते २३:२९ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
आदेशलाई ‘मिस्टर नेपाल – २०२४’ मा उपाधी जिताउन चलचित्रकर्मीहरुद्वारा भोटको अपिल
64
SHARES
Share on FacebookShare on Twitter

रियलमी ‘मिष्टर नेपाल २०२४’को फाइनलमा कोशी प्रदेशको धरानबाट एक मात्र प्रतिस्पर्धी आदेश प्रधान लाई उपाधी जिताउन चलचित्रकर्मीहरुले भोटको अपिल गरेका छन । देशभर आयोजित अडिसनमा एकहजार बढी युवाले सहभागीबाट ३९ प्रतियोगी फाइनलका लागि छानिएका हुन् । ३९ जना मध्ये धरानका आदेश प्रधान पनि फाइनल प्रतियोगी हुन । कन्टेस्टेन नम्बर २६ भएका आदेशलाई जिताउन यती बेला प्रचार प्रसार समिती गठन भएर भोटको अपिल गरिएको छ । कोशी प्रदेशका चलचित्रकर्मीहरुले अभियाननै चलाएर भोट गरिरहेको बेला अहिलेका चर्चित कलाकार, निर्माता तथा निर्देशकहरुले पनि आफ्नो फेसबुक वालमा आदेशको फोटो पोस्ट गर्दै भोटको अपिल गरेका छन ।

अपिल गर्नेहरुमा अहिलेका व्यस्त तथा सफल निर्देशक मिलन चाम्स, चलचित्र निर्माता तथा चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजाकुमार राई, चर्चित नायिका मिरुना मगर, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, कलाकार तथा निर्देशक रमेश बुढाथोकी, निर्देशक दिपाश्री निरौला, कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खडका, निर्देशक ऋषि लामिछाने, ओएसआर डिजिटल का प्रबन्धक ओम अग्रवाल, निर्देशक सुदर्शन थापा, निर्देशक माधव घिमिरे निर्माता संघका कोषाध्यक्ष ज्योतिराज राई, नायक सबिन श्रेष्ठ, गायक श्रीकृष्ण लुईटेल लगायत अन्य धेरैले उनलाई जितको शुभकामना व्यक्त गर्दै उनको फोटो शेयर भोटको अपिल गरेका छन । कोशी प्रदेश बाट पनि धेरैले उनलाई शुभकामना व्यक्त गरेका छन । कलाकार संघ कोशी प्रदेशका उपाध्यक्ष दिनेश कोईराला, निर्देशक केशव रायमाझी, ईन्द्र परियार, बिजय सुब्बा, हिमाल दहाल, लाकमान योन्जन, भिम लामा लगायत दर्जनौ चलचित्रकर्मीहरुले उनलाई शुभकामना व्यक्त गरेका छन ।

ADVERTISEMENT

आदेश चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष, नेपाल चलचित्र निर्देशक समाजका केन्द्रिय महासचिव, चलचित्र निर्देशक तथा निर्माता अरुण कुमार प्रधानका जेठा छोरा हुन । स्कुल तह डिपोट सेकेन्डरी बाट एसईई उतीर्ण गरेर धरान उच्चबाट +२ पास गरेर इटहरी इन्टरनेशनल कलेजबाट ब्याचलर इन इन्फर्मेशन टेक्नोलोजी गरेका छन । आदेशलाई मिस्टर नेपाल बनाउन दिलोज्यानले लागी परेका बुवा निर्देशक अरुण कुमार प्रधान आदेशले मिस्टर नेपाल को उपाधी जित्नु अघिनै आदेश चर्चा / फिल्म अनि म्युजिक भिडियो को अफर आएको बताउछन । चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राईले ३८ प्रतिस्पर्धा मध्ये ह्याण्डसम र डायनमिक पर्सानालिटी भएको आदेशनै भएको बताउछन । चलचित्र क्षेत्रमा उनलाई स्वागत गर्दै आगामी दिनमा उनलाई जस्तो सहयोग गर्नु परेपनी गर्न तयार रहेको बताउछन । निर्देशक मिलन चाम्स ले भोलिको दिनमा चलचित्र क्षेत्रको एउटा राम्रो संभावना बोकेको नायकको रुपमा आदेश आउने सक्ने बिचार व्यक्त गरे । निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली संग धेरै चलचित्र निर्देशकहरुले आदेशको चर्चा भए संगै धेरै निर्देशकको आखामा आदेश परि सकेको र केही समयमा उनलाई चलचित्रमा अभिनय गराउनको लागि निर्देशकहरुको होडनै चल्ने बताउछन ।

महानायक राजेश हमाल लाई अधिकांश म्युजिक भिडियो खेलाएर चर्चामा आएका म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष देवेन्द्र पाण्डेले म्युजिक भिडियोको लागि आदेशलाई प्रस्ताव पनि गरि सकेका छन । अन्य धेरै निर्देशकहरुले म्युजिक भिडियो र केहिले चलचित्रमा डेव्यु गराउनको लागि आफु संग सल्लाह पनि गरिसकेको कुरा बुवा अरुण कुमार प्रधान बताउछन । जवाफमा प्रधानले मिस्टर नेपालको प्रतिस्पर्धा सकेपछि केही आवश्यक तालिम गराएर अझ पोख्त बनाएर यो क्षेत्रमा अघि बढाउने बताए । मिस्टर नेपालमा देशै भरिका जम्मा ३८ प्रतिस्पर्धा सहभागी भएका छन । अहिले उनिहरुको विभिन्न चरणको तालिम चली रहेको छ । मुख्य प्रशिक्षकको रुपमा मोडल तथा कलाकार प्रशान्त ताम्रकार रहेका छन । यसको ग्रान्ड फिनाले यहि अगस्त २४ (भाद्र ८) गते सोल्टी होटल मा आयोजना हुन गै रहेको छ ।imela

Previous Post

रोमान्टिक लब स्टोरी र ग्लामरले भरिएको ‘बर एण्ड बधु’ को ट्रेलर ट्रेन्डिङ मा

Next Post

‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति घोषणा , अब कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist