हिन्दू धर्म शास्त्र अनुसार राधा र श्रीकृष्णको अलौकिक सम्बन्ध थियो । ग्रन्थमा भएको एक प्रेमिल जोडी उदाहरणीय जोडीहुन कृष्ण र राधा । ग्रन्थमा हेर्ने हो भने श्रीकृष्ण राधालाई सम्बोधन गर्दै भन्छन्ः ‘प्राणाधिके ! मेरो जीवनको समस्त चाहना एकमात्र तिमी नै हौ, तिमी र म दुई हुँदै होइनौं । जे तिमी छ्यौ त्यही म हुँ, जे म हुँ त्यही तिमी हौ, यो ध्रुवसत्य हो । यही प्रेमिल जोडीको कथा सारलाई निर्देशक अरुण कुमार प्रधानले म्युजिक भिडियोमा उतारेका छन । म्युजिक भिडियोमा सुन्दरी कन्या राधाको भूमिकामा देखिएकी चर्चित मोडल मेनुका माझीले कृष्ण बनेका दिनेशको खोजीमा देखिएकिछिन । ग्रन्थमा कृष्णको मुरलीको धुन सुन्ने बित्तीकै राधाजी घरका सबै कामहरू छोडेर त्यतै जाने गर्थीन त्यस्तै रिलिज भएको गीतमा पनि मन्दिर गएकी राधा (मेनुका) पनि पूजामा ध्यान दिन भन्दा कृष्ण अर्थात दिनेशको खोजीमा देखिन्थिन । राधा कृष्णमा मोहीत थिईन् भने कृष्ण राधामा मोहीत थिए, यही कुरालाई निर्देशकले भिडियोमा गज्जबले देखाएकाछन ।
इटहरीको धार्मिक स्थल नयाँ बृन्दाबन गौसाला र श्री कृष्ण प्रणामी मन्दिरमा छायांकन गरिएको भिडियो सुमन तामाङको छायांकन र हेमन तामाङको सम्पादन र कलरिङ रहेको छ । ज्ञानेन्द्र गदालको शब्द रहेको भजनमा तृप्ती खड्का गुरुङको स्वर तथा संगीत रहेको छ । जय सियाराम क्रियसन, मेनुका माझी र ज्ञानेन्द्र गदाल यो भिडियोको निर्माता हुन् भने यस्लाई कोशी भिजन फिल्म्स प्राली इटहरीले निर्माण गरेको हो । भोजपुरी गीतको म्युजिक भिडियोमा आफ्नो गतिलो प्रभाव छोडेकी मेनुका यो भजनमा भने एक तिर्थालु भक्त्तजनको भूमिकामा सरल र साह्रै सुन्दर देखिएकिछिन । भोजपुरी गीतको म्युजिक भिडियोमा प्राय अलिक ग्ल्यामर रुपमा प्रस्तुत हुने मेनुकाले यो भजनको अभिनयले आफु जुन सुकै बिधाको गीतमा काम गर्न सक्ने प्रमाणित् गरेकिछिन साथै उनी निर्मात्रीको रुपमा पनि आफुलाई प्रस्तुत गरेकिछिन । कृष्ण पत्र अर्थात दिनेश कोइरालाले आफ्नो खुबी देखाएका छन । पछील्लो समय झप्प दारी जुङ्गा र पन्जावी फेटा लगाएर छुट्टै लुक्स दिएका कोइरालाले सबै दारी काटेर चिल्लो चम्किलो भएका छन । थुप्रै सिनेमामा, म्युजिक भिडियो र सिरियलमा काम गरेको अनुभवी कोइरालाले आफ्नो क्षमता प्रस्तुत गरेकाछ्न । म्युजिक भिडियो भजन नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।