चर्चित गायक राजेश पायल राई पक्राउ परेकाछन । धेरै बर्ष देखी मदिरा पिउन बन्द गरेका राजेश पुन मदिरा पिएर होहल्ला गरेपछि पक्राउ परेका हुन । उनलाई गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट प्रहरीले पक्राउ गरेको हो । राजेश सहित अन्य तीनजना कलाकारहरु पनि पक्राउ परे पनि उनिहरु को थिए उल्लेख गरिएको छैन । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर राजेश सहितलाई होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई नै सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा राजेश सहित तीन कलाकारहरु र अन्य पाँचजना पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
बाह्रखरी मा खबर छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।