२७ गतेबाट धरानमा सुरु भएको ७ दिने सोनाम ल्होसार सांस्कृतिक पर्यटन महोत्सव २०८० मा चर्चित गायक कमल खत्री आउने भएका छन । तामाङ जातिको सोनाम ल्होछार २८६० को अवसरमा जारी वृहत साँस्कृतिक महोत्सवमा दैनिक रुपमा चर्चित गायकहरुले प्रस्तुती दिरहेका छन ।नेपाल तामाङ घेदुङ धरानको आयोजनामा चलिरहेको सोनाम ल्होसार सांस्कृतिक पर्यटन महोत्सवलाई सङ्गीतमय बनाउन भोलि साँझ मगलबार चर्चित गायक कमल खत्री आउने भएका छन् । धरान-१२ स्थित पब्लिक स्कुलको खेलमैदानमा चलिरहेको महोत्सवमा धरानेहरुको मानव साग उर्लिरहेकोछ । स्टेज प्रोग्राममा धेरै रुचाइएका गायक खत्री पछील्लो समय मेला महोत्सवहरुमा निकै व्यस्तछन । सोमबार चर्चित गायक सुगम पोखरेलको प्रस्तुती रहेको थियो ।
सुगम पछी धराने युवाहरुको माग कमल खत्री भएकाले छोटो समयमा खत्री सँग संपर्क गरी ल्याउन लागिएको महोत्सव संयोजक दिपक घिसिङले जानकारी दिए । गायक खत्रीले महोत्सवमा मायाको अर्थ बुझन चाहान्छु,नाच नाछु कि ,सम्हाल मलाई ,जाउला रेलैमा सरर गोर्खा पल्ट्न लगायत गीत सङ्गीत प्रस्तुत गरेर दर्शन श्रोतालाई मनोरञ्जन दिनेमा आफुहरु ढुक्क रहेको आयोजक तामाङ घेदुङ धरान उपाध्यक्ष सम्फर तामाङले बताए । महोत्सवमा पर्यटन प्रवर्द्धनका लागि बृहत फोटो पेन्टिङ प्रदर्शन, खेल मनोरञ्जनहरुमा पिङ, ड्रागन, मिकि माउस तामाङ जातीको ड्म्फु नाच लगायत बिभिन्न जातीय पारीकारहरुको स्टलहरु समेत रहेकोछ ।