नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले लेखेको गीत ‘पहराकी फुल ‘ बोल को गीतको भिडियो रिलिज भएको छ । म्युजिक भिडियोका मुख्य कलाकार दयाहाङ राई र बेदना राई हुन । माओवादी जनयुद्द कालमा श्रीमान श्रीमतीनै जनयुद्दमा होमिरहदा दुधे बालक च्यापेर हिंडेकी श्रीमतीको आफ्नै आँखाको अगाडी शाही सेनाद्वारा गरिएको हत्या को कथालाई निर्देशक किरण चाम्लिङले गज्जब ले प्रस्तुत गरेकाछन । भिडियोमा मुख्य कलाकार दयाले भिरेको मादल देख्दा उनी जन युद्दको एक जन सांस्कृतिक समुहमा रहेको स्पस्ट देखिन्छ । जनयुद्दकालमा गाउ गाउ हिंडेको लाल सेना र शाही सेना बिचको मुठ भेटमा मारिएकी कलाकार बेदना र दयाको बच्चा उस्कै आँखा अगाडी गाउलेले लगेर हुर्काउदा बढाउदा समेत दयाले आफ्नो छोरी भनेर भेट्न समेत नपाउदा छोरी स्कुल आउँदा जादा हेर्न मात्र पाएको मार्मिक कथालाई प्रस्तुत गरिएको छ ।
गीतमा दिवङगत श्रीमती र देखेर पनि देख्न भेट्न नपाएको छोरीलाई पहराकी फुल सङ्ग तुलना गरिएकोछ । प्राज्ञ शान्तीराम राईको संगीत रहेको गीतलाई गायक रुपकुमार राई गायका छन । भिडियोमा दया र बेदना सहित मनिता जैका बान्तवा , बाल कलाकार जेनिशा राई र आइनी राईको अभिनय रहेकोछ । किरण चाम्लिङ राईको कथा र निर्देशन रहेको म्युजिक भिडियोलाई , भुपेन्द्र तुम्बाहाम्फेले खिचेका छन भने अनिल राणाले सम्पादन गरेका छन । थैली इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोलाई गायक रुपकुमार राईको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएकोछ ।