धरानभरीका सहकारीकर्मीहरुले दुईदिनसम्म पैदल यात्रा गरेका छन । धरान नगर सहकारी समानव्य समिती र जिल्ला सहकारी संघ लिमिटेडको संयुक्त्त आयोजनामा ‘पर्यटन प्रबर्द्दनमा सहकारी’ भन्ने नारा लिएर २२ र २३ गते दुइदिने पैदल यात्रामा निस्किएको धरान भरीका सहकारीकर्मीहरुको पदयात्रा धरानबाट सुरु भएर धनकुटाको सागुरीगढीमा गएर समापन भएको पैदल यात्रा संयोजक उमेश पौडेलले जानकारी दिए । धरान र सुनसरीमा रहेका सहकारीहरुको आत्मिय एकता कायम गर्दै स्थानीय पर्यटन प्रबर्द्दनमा टेवा पुगोस भन्ने उद्देश्यले पैदल यात्रा गरिएको पौडेलले जानकारी दिए । सुन्दर नगरी धरान र सागुरीगढी यती नजिक हुँदा हुँदै पनि स्थानीय सरकार र सम्बन्धित निकायको ध्यान नपुग्दा सम्भावित पदमार्गको पहिचान होस् भन्ने उद्देश्य र योजना बनाएर पदयात्रा गरिएको पौडेलको भनाइ छ ।
धरानभरीका चलायमान सहकारीहरुका संचालक समितीका अध्यक्ष , उपाध्यक्ष सदस्यहरु सहित ५२ जना सहभागि रहेको पद यात्राको रुट धरानको भानु चौक , छाता चौक , फुस्रे हुदै पुरानो पहाडी मार्ग चिउरी बासको बाटो हुदै सागुरीगढी , भेडेटार हुदै नाम्जे सम्मको रहेको बिजयपुर सहकारी संस्थाका अध्यक्ष तथा दुइदिने पदयात्रा कार्यक्रमका सह संयोजक नविन मेन्याइंबोले जानकारी दिए । पद यात्रामा निस्कनु अघी पद यात्राको औपचारिक उदघाटन गरिएको थियो । यात्राको उदघाटन प्रमुख अतिथी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा धरान उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष नरेश कुमार ईवारमले ब्यानर पढेर उदघाटन गरेका थिए । धरानबाट पैदल निस्केको टोली करिव ९ घण्टाको पैदल यात्रा पछी अन्तिम गन्तव्य नाम्जे पुगेको मेन्याङ्बोले जानकारी दिए । पैदल यात्री टाेलीलाई नाम्जे थुम्की कम्युनिटी होमस्टेका अध्यक्ष सहितको टिमले भब्य स्वागत गरेका थिए ।
होम्स्टेमा ५२ जनाको टोलिको स्वागत सम्मानमा नाम्जे हाेम स्टेमा साँस्कृतिक कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा स्थानीय मगर जातिको हुर्रा नाचका प्रस्तुत गरिएको थियो । साँस्कृतिक कार्यक्रम संगै मिसन लामाको सभापतित्व , सारदा थापा मगरको प्रमुख अतिथ्यता र दिनेस श्रेष्ठको बिशेष अतिथ्यतामा एक कार्यक्रमगरी धरानका पुराना सहकारीकर्मीले सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीलाई समितिको तर्फबाट बधाई तथा शुभकामना पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रम संचालन सह संयोजक नविन मेन्याङवोले गरेका थिए । पैदल यात्राको दोस्रो दिन अर्थात फागुन २३ गते विहान समापन भएको थियो । समापन पछी घर फर्किएको टोलीका सदस्यहरुले ९ घण्टा सम्मको उकालो पैदल यात्रा मा ७४ बर्षे जेष्ठ हरिहर प्यारा श्रेष्ठले दिएको साथको खुलेर प्रसंशा गरेका थिए ।