रियल स्टोरी प्रभावित म्युजिकल फिल्म ‘ कहाँ छु म यो भिडमा’ को च्याप्टर एक अगावै च्याप्टर -२ रिलिज भएको छ । मोडल गगन शाहीले आँफै लेखेको यो ‘कहा छु म यो भीडमा’ बोलको गीत म्युजिक भिडियो नभएर यो एक म्युजिकल स्टोरी हो । शाही आँफै ७ वर्ष जेल बसेर गत बर्षको प्रजातन्त्र दिवसको दिन असल आचारण बनाएको भनी माफी पाएर रिहाइ भएका थिए । साथी भाईको लहै लहैमा जीवनमा आईपरेको एक घटनाले जेल जीवन सम्म पुर्याएको कहानी भिडियोले बोलेकोछ । रिलिज म्युजिकल फिल्मले मित्र र मित्रताका भावनाहरू बोलेकोछ । शाही आँफैले निर्माण गरेको म्युजिकल फिल्म ‘कहा छु मा यो भीडमा’ च्याप्टर-२ रिलिज भएको हो । च्याप्टर – १ रिलिज अगावै १० मिनेट २० सेकेन्डको च्याप्टर -२ रिलिज गर्नुमा केही रहस्य भने पक्कै रहेकोछ । च्याप्टर -२ ले मित्रताको महत्त्वलाई गज्जबले देखाउदै एउटा गल्तीले कसरी हाम्रो जीवन परिवर्तन गर्न सक्छ भन्ने कुरालाई गज्जबले प्रस्तुत गरिएकोछ । निराजन राई को कम्पोज , सुशान्त गौतमको आवाज रहेको गीतको म्युजिकल फिल्मका परीकल्पनाकार र निर्देशक पनि गगन नै हुन ।
रिलिज भएको च्याप्टर -२ मा पात्र गगनले गज्जबको काम देखाएका छन । च्यापटर दुइमा देखाइएको दुई ग्याङवीचको झगडा अनी अर्को ग्याङ लाई सिध्याएर आँफै पनि जीवनर मृत्युको अन्तिम संघारमा पुगेका पात्र हेर्दा च्याप्टर – १ बडो प्रतिक्षित देखिएको छ । आफ्न साथीहरु सँगको मेलमिलाप प्रेम अनी त्यो यात्राले गर्दा च्याप्टर – १ को बारेमा दर्शकलाई सोच्न वाध्य गराउछ । प्राय माया प्रेम अनि धोकाका मार्मिक गीतहरु बन्ने गरेकोमा यो गीतमा भनी साथीसँगको साथ रे प्रेमलाई दर्शाइएको छ । संगै हिडने हरेक अवस्थामा साथ साथ रहने साथी बाट टाढा हुँदाको पिडालाई गीतमा देख्न सकिन्छ । गीतको निर्माण गगन शाही , रविन हमाल ठकुरी ,नारायण तामाङ, अनुप थापा ,मिलन कुमार मल्ल र बिरबल पुन मगरले संयुक्त्त रुपमा गरेका छन । गीतको छायांकन अरुण तिवारीले गरेका छन भने सम्पादन फराज अर्पणको रहेकोछ ।