धरान उपमहानगरपालिका का मेयर हर्क साम्पाङको जन्मदिनको उपलक्षमा चर्चित गायक दिपक लिम्बुले गिटी कुट्ने हम्मर उपहार दिएका छन । सामाजिक अभियन्ता हुँदै धरानको मेयरपदका लागी दुई पटक सम्म निर्वाचनमा भाग लिएका साम्पाङ २०७९ को स्थानिय चुनावबाट सानदार मत सहित धरान उपमहानगरपालिकाका मेयरमा निर्वाचित भएका हुन । मेयर भए संगै साम्पाङले पहिलोटक जन्मदिन मनाएका छन त्यो पनि आफ्नै आयोजनामा भने हैन । देश बिदेशमा उनका शुभचिन्तक र फ्यानहरुले सामाजिक संजालमार्फत शुभकामना दिएका छन भने धेरै भन्दा धेरै शुभचिन्तकहरु भने केक बोकेर श्रम संस्कृति पार्कमै पुगेर केक काटेका छन । यसैक्रममा धरान एक्स्पो मा आफ्नो प्रस्तुती दिन आएका चर्चित गायक दिपक लिम्बु पनि श्रम संस्कृति पार्कमै पुगेर साम्पाङको जन्मदिन मनाएका छन । सम्मान र भिडभाड भन्दा पनि कामनै गर्न रुचाउने साम्पाङको सरप्राइज बर्थडे को चाजोपाजो भने सचेत धराने ग्रुपले गरेको थियो ।
सचेत धरानेले आयोजना गरेको साम्पाङको जन्मदिन कार्यक्रममा उहाका शुभचिन्तकहरु ,समाजसेवी मिना सिङ्गक , श्रमदाताहरु , बिभिन्न ब्यक्त्तित्वको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै साम्पाङले विश्वसामु हर्क साम्पाङ भने चिनाइदिने सचेत धरान समुह , धराने जनता , शुभचिन्तकहरु , सहयोगीहरु सबैलाई धन्यवाद दिए । उनले सचेत धराने समुहले राजनीतिक आग्रह पुर्वाग्राह भन्दा माथी उठेर धरानबनाउन बनाउन दिलोज्यानले लागिपरेकोमा धन्यवाद दिए । सचेत धराने समुह र सुभेच्छुकहरुको बिशेष निम्तोमा आफ्नो जन्मदिन मनाउन परिवार सहित श्रम संस्कृति पार्क पुगेका साम्पाङले आफु सबैकुरा त्यागेर धरान बनाउन निस्किएको भन्दै यसरी नै सबैको साथ सहयोग पाए धरान बन्न केही समय नलाग्ने बताए । माटो र ढुङ्गाको महत्व नबुझ्ने ले देशको माया नबुझ्ने साम्पाङले बताए । धरान बनाउन हामी सबै धराने एक हुनुको बिकल्प नभएको बताए । धरानको एकतर्फी नभएर चौतर्फी बिकासमा लाग्न जरुरी रहेको बताए । आफ्नो घरको सबै जिम्मेवारी आफ्नो श्रीमतीले लिएकोमा श्रीमतीको साथको धन्यवाद दिदै प्रशंसा गर्न भ्याएका थिए ।