पछिल्लो समय निकै चर्चा पाउँदै आएको चलचित्र फागुन १ गतेबाट प्रदर्शन आउने ‘शिवांश’ को ‘शिव ताण्डव’ गीतमा भारतीय गायक कैलाश खेरले आवाज दिएका छन । ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत रहेको निर्माणपक्षले बताएको छ ।निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको गीत चलचित्रमा रहेको जानकारी दिएको छ ।
सार्वजनिक पोष्टरमा प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रुपमा छन् । तेज गिरी रिसाहा मुद्रामा छन् । रुसा न्यौपाने हेरिरहेकी छन् । बिमला लिम्बू पनि केही आश्चर्यमिश्रित भावमा छिन् । विकाश जोसी हातमा डमरु बोकेर चिच्याइरहेको देखिन्छ ।श्यामस्वेत पोस्टरमा चक्र र आगो देखिन्छ । पोस्टरले चलचित्रका पात्रहरू तनावमा रहेको देखाएको छ । कलरले निरश र तनावपूर्ण जिन्दगी संकेत गरिरहेको छ ।
महाशिवरात्रिको छोको पारेर फागुन १ गते रिलिज हुने चलचित्र ‘शिवांश’ बारे गायक खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि एक विशेष भिडियो सन्देश जारी गर्दै आफ्नो नयाँ सांगीतिक परियोजना र भारत(नेपालबीचको प्रगाढ सम्बन्धबारे चर्चा गरेका छन् ।आफ्नो ओजपूर्ण आवाजका लागि विश्वभर चर्चित खेरले नेपाली चलचित्र ुशिवांशुमा समावेश ुशिव ताण्डव स्तोत्रम्ु गायनको सन्दर्भमा यो सन्देश दिएका हुन् । उनले नेपाली श्रोताहरूले आफ्ना हरेक गीतलाई दिने माया र साथप्रति हृदयदेखि आभार व्यक्त गरेका छन् ।
ूनेपालका फ्यानहरूले मलाई र मेरा गीतहरूलाई जुन प्रकारको प्रेम दिनुहुन्छ, त्यसका लागि म कसरी आभार व्यक्त गरुँ भन्ने शब्द छैन,ू खेरले भनेका छन् ।कैलाश खेरले आफ्नो आवाज रहेको चलचित्र ुशिवांशुलाई भारत र नेपालको मैत्री सम्बन्धको प्रतीकको रूपमा चित्रण गरेका छन् । उनले भनेका छन्, ूयस पटक केही विशेष छ । भारत(नेपाल मैत्री सम्बन्धको सौजन्यबाट हामीले एउटा अत्यन्तै प्यारो ुताण्डव स्तोत्रम्ु तयार पारेका छौं, जुन मैले गाउने अवसर पाएको छु ।साथै, खेरले नेपाली दर्शक र श्रोताहरूबाट ुशिवांशु का लागि पहिले जस्तै माया र आशीर्वादको अपेक्षा गरेको बताएका छन् ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् ।प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहनेछ ।चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन् । सिनेमाको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।
चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ । संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ ।चलचित्रमा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ भने कोरियो ग्राफर विक्रम चोहान रहनेछन् । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन् ।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको डीओपी रहेको चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।चलचित्र चौतारीले पोस्ट प्रोडक्सन रहेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।