बर्ष २०८० कै सफल चलचित्र, १०० दिन मनाउन सफल चलचित्र ‘जारी’ को सिक्वेल “जारी–२” को ट्रेलर रिलिज भएको छ । दुईबर्ष अघि नेपाली चलचित्र हेर्ने दर्शकहरुको लागि फरक स्वाद र अनुभवको कोशेली दिएका लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले “जारी–२” मा फेरी दर्शकहरुको लागि मिठो कोशेली तयार पारेको कुरा आज सार्वजनिक भएको ट्रेलरले प्रष्ट पारेको छ ।
जारीमा लिम्बु परिवारको रहन सहन र रितिरिवाजलाई प्रस्तुत गरिएको थियो भने अहिले “जारी–२” मा लिम्बु समुदायकै महत्वपुर्ण बाजा च्याब्रङको इतिहास र महत्वलाई प्रस्तुत गरिएको ट्रेलरमा देख्न सकिन्छ । लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको ट्रेलरमा यति सम्मकि च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गरिएको छ ।
आज सार्वजनिक भएको ट्रेलरमा जारीमा जस्तै चलचित्रका मुख्य कलाकारद्धय दयाहाङ राई र मिरुना मगरको पारिवारीक खटपटलाई प्रस्तुत गरिएको छ । पहिलो सिक्वेलमा बच्चा नजन्माएको भन्दै थारो आईमाई भन्दै मिरुनालाई गाली गरेका दयाले यस ट्रेलरमा भने छोरी देखिएको छ यसबाट प्रष्ट हुन्छ कि चलचित्रको कथाले नयाँ मोड लिएको छ हेर्न गज्जव हुनेछ । रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले संयुक्त रुपमा निर्माण गरेको “जारी–२” को सव टाइटलनै सङ अफ च्याबु्रङ लेखिएको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा जारी को पहिलो सिक्वेलमा अधुरो रहेको कथा पुरा भएको छ । जारीमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरवीचको पारिवारीक झमेला अर्थात बच्चा नहुदा आएको दैनिक कलह थियो तर, रिलिज गरिएको “जारी–२” को टिजरमा करिव ५र६ वर्षको छोरी देख्न सकिन्छ । यसैगरी बुवा आमाको अन्र्तरजातीय विवाहका कारण विवाह हुन नसकेको अर्का मुख्य कलाकार विजय बरालको विवाह भएको कुरा ट्रेलरको सुरुवातमै देखाइएको छ ।
यसबाट के स्पष्ट हुन्छ भने चलचित्र “जारी–२” मा जारी मा रहेको अधुरो कथा पुरा हुनेछ र दर्शकहरुको लागि एक सरप्राइज उपहार पनि हुने छ ।चलचित्रमा दयाहाङ राई र मिरुना मगरको अलवा विजय वराल बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ। जारी ब्लकबस्टर चलचित्र भएकोले पनि “जारी–२” निर्माण घोषणा भएदेखि नै प्रतिक्षित बनेको छ र निर्देशकलाई पनि एक चुनौतीको रुपमा देखिएको छ । चलचित्र यहि कात्र्तिक २१ गतेबाट देशभर प्रदर्शनमा आउदैछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।