सुपरहिट चलचित्र ‘कबड्डी’ को पाँचौ सिक्वेल ‘कबड्डी – ५’ आफ्टर फाईनल म्याचको छायाँकन थालिएको छ । पाँचौ सिक्वेल अर्थात आफ्टर फाइनल म्याचमा चर्चित कलाकार विपिन कार्की र मिस नेपाल यु.के. २०१७ कि विजेता सिर्जना गुरुङ जोडिएका छन । छायाँकन सोमबारदेखि मुस्ताङबाट सुरु भएको र यसको सेड्युल ३५ दिन रहेको कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिएका छन । चलचित्रको निर्माण तथा निर्देशन रामबाबु गुरुङले गर्दैछन ।

यस अघिका सिक्वेलहरुमा दयाहाङ राई, बिजय बराल, बुद्धि तामाङ निरन्तर रुपमा चलचित्रमा देखिरहेकाछन भने मिरुना मगर भने तेस्रो सिक्वेलबाट जोडिएकी हुन ।

पछिल्लो समयका सुपरहिट चलचित्र ‘कबड्डी’, जारी र यसका सिरिजहरु निर्माण गरेको चलचित्र निर्माण कम्पनी बासुरी फिल्मस्ले यसअघि कलाकारको खोजी समेत गरेको थियो ।चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ कमलमणि नेपाल, अरुणा कार्की, विपीन कार्की र मिस यूके नेपाल–२०१७ सिर्जना गुरुङ छन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।