Tuesday, January 13, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘सोल्टीनी’ को शिर्षगीत सार्वजनिक, प्रकाश र परिक्षाको जोडी गज्जव

यस पटकको भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ुसोल्टिनीुको शीर्षक गीत ुदाजुको सालीु सार्वजनिक गरिएको छ।

हंगामा खबर by हंगामा खबर
२०८२ अशोज १४ गते १६:३३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘सोल्टीनी’ को शिर्षगीत सार्वजनिक, प्रकाश र परिक्षाको  जोडी गज्जव
50
SHARES
Share on FacebookShare on Twitter

यस पटकको भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ुसोल्टिनीुको शीर्षक गीत ुदाजुको सालीु सार्वजनिक गरिएको छ। बडादसैँको महाअष्टमीका दिन, मङ्गलवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको यस गीतलाई गायक एस।डी। योगीले स्वर दिएका छन्। गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत, उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सरमास्टर रहेको छ। गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका छन्।

अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बुको साथमा सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडाको अभिनय रहेको यस गीतले गीतले प्रेममा आएको रोमाञ्चकता र ग्रामीण जीवनशैलीको रमाइलोपनलाई झल्काउँछ। यसअघि सार्वजनिक टिजरले प्रकाश र परीक्षाबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई प्रस्तुत गरेको थियो। ुसोल्टिनीुका चार फरक–फरक पोस्टरमार्फत चलचित्रले प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित कथावस्तु रहेको सन्देश दिएको थियो भने, टिजरले ग्रामीण जीवनशैली, प्रेमकथा र सामाजिक सङ्घर्षलाई अझ प्रस्ट्याएको थियो।

चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश, परीक्षा, सुन्दर, सब्बु र सुजनसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आलेलगायत कलाकारको अभिनय रहेको छ। विशेष आकर्षणका रूपमा कार्यकारी निर्माता ुहर्क साम्पाङ रिभोलुसन एन्ड द टिमुको संलग्नता रहेको छ, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन्।

ADVERTISEMENT

इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थलमा छायाङ्कन गरिएको चलचित्रमा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने सन्देश रहेको दाबी निर्देशक सुवेदीले गरेका छन्। दुई प्रमुख पात्रबीचको प्रेमकथा नै यस चलचित्रको मुख्य आकर्षण हुने बताइएको छ।

ुसोल्टिनीुको छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्। कथा–पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको छ। चलचित्रलाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका हुन् भने सह–निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले तयार गरेका हुन्। चलचित्र नेपालभर टि फल्क्स फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

शीर्षक गीत ुदाजुको सालीु सार्वजनिकसँगै अब ुसोल्टिनीुको प्रचारप्रसारलाई अझ गति दिने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।

Previous Post

‘पहिचान’ को टिजर सार्वजनिक, लिम्बुजातीको सिलाम साक्मा अंकित झण्डा बोकेर आन्दोलन

Next Post

चलचित्र ‘मैझारो’ को गीत साकेला नाचौमा ढाेल झयाम्टा बजाउदै दया, धिरज र मिरुनाको साकेला नाचे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist